दोस्रो इलाम गोल्डकप : उद्घाटन खेलमा संकटालाई पराजित गर्दै आयोजकको विजयी सुरूआत

शनिबार, २२ मंसिर २०८१
इलाम : इलाम गोल्डकपको दोस्रो संस्करण सुरू भएको छ । शनिबार भएको उद्घाटन खेलमा संकटा क्लब काठमाण्डौँलाई पराजित गर्दै आयोजक रेड हर्ष फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि ट्राइबेकरमार्फत आयोजकले जित निकालेको हो । ट्राइबेकरमा आयोजकले ४–३ गोल अन्तरले संकटालाई पराजित गरेको हो । खेलको म्यान अफ द म्याच आयोजक रेड हर्षका गोलकिपर विवेक मगर घोषित भए । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले खेलको उद्घाटन गरे । आइतबार दार्जीलिड र एन.आर.टी बीच प्रतिस्पर्धा हुनेछ । आठ वटा टिम सहभागी भएको प्रतियोगिता मंसिर २९ गते समापन हुनेछ । विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष साङ्गे यल्मुले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार