काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तलाई नियुक्तिपत्र प्रदान गरेका छन् ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले आइतबार मन्त्रालयमा प्रमुख आयुक्तमा डा. सुरेश आचार्य, आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।
मन्त्री गुरुङले पत्र हस्तान्तरणसँगै उनीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
मन्त्रालयका सचिव राधिका अर्यालले उनीहरूले आयोगको काम, कर्तव्य र अधिकारको भरपुर प्रयोग गरी जनतामा सेवा पु¥याउनेतर्फ मन्त्रालय आशावादी रहेको बताए ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया