आमा समूहबिच कुटपिटबाट हुदा एक महिलाको ज्यान गयो

बुधबार, १४ मंसिर २०७९
धरानमा आमा समूहका पदाधिकारीको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय उषा राई रहेकी छन् । धरानका एक व्यक्तिसँग अवैध सम्बन्ध राखेको भन्दै जनजागृत आमा समूहका पदाधिकारीले राईलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते बनेकी राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । आमा समूहका पदाधिकारीले गरेको कुटपिटबाट राईको निधन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार