बेलबारी । मोरङका बिभिन्न क्याम्पसहरुमा भएको स्वबियु निर्बाचनको मतपरिणाम सार्बजनिक भएको छ । डिग्री क्याम्पसमा अनेरास्ववियुका निर्मल गजुरेल सभापतिमा विजयी भएका छन् ।
उनी १२३ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी संयुक्त बाम लोकतान्त्रिक गठबन्धनका शशी यादवले ११८ मत ल्याए । सचिवमा गठबन्धनका विराज बराल विजयी भएका छन् ।
लेटाङमा छवि श्रेष्ठको नेतृत्वमा र रमाइलोमा मालती रेग्मीको नेतृत्वमा एमाले निकट अनेरास्वबियु प्यानल नै विजयी भएको छ । नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी प्रशंसा पौडेल विजयी भएकी छिन् । पथरीशनिश्चरेस्थित पथरी बहुमुखी क्याम्पसमा लोकतान्त्रिक बाम गठबन्धनको प्यानलै विजयी भएको छ ।
गठबन्धनबाट नेविसंघको नेतृत्वमा अखिल क्रान्तिकारी र अनेरास्ववियू (माधव नेपाल पक्ष) को साथ रहेको थियो । ५ सय ४९ खसेको मतमा नेविसंघका केशर थुलुङ राईले ३ सय ७० मत ल्याएका छन । राईले अनेरास्ववियुका उज्वल लकान्द्रिलाई १ सय ९४ मतले पछि पार्दै विजयी भएका छन । लकान्द्रिले १ सय ७६ मत पाएका थिए ।
त्यस्तै सचिवमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेविसंघका सचिव भुपाल खतिवडाले ३ सय ६० मत पाउदा अनेरास्ववियुका रोशन कटुवालले १ सय ७९ मत पाएका थिए भने कोषाध्यक्षमा लोकतान्त्रिक बाम गठबन्धनबाट अखिल क्रान्तिकारीका खगिन मगरले ३ सय ५२ मत पाउदा अनेरास्ववियुकी सोनिया ग्यावा तामाङले १ सय ७९ मत पाएकी थिईन ।
सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेवि संघका सफिन आचार्यले ३ सय ७४ मत, गंगाराम शाह (शम्भु) ले ३ सय ६९, सोमनाथ फुंयाल (दिपेश) ले ३ सय ६६, अखिल क्रान्तिकारीकी प्रितिका भट्टराईले ३ सय ५० र अनेरास्ववियूका (माधव नेपाल पक्ष) प्रकाश शिवाले ३ सय ६१ मत ल्याई विजयी भएका छन । सदस्यमा अनेरास्ववियु तर्फबाट प्रबिण पोखरेलले १ सय ५१ अरुण राईले १ सय ६३, एलिश खड्काले १ सय ६१, एरिक बस्नेतले १ सय ७५ र जित ब. खड्का (जेबी) ले १ सय ५६ मत पाएका छन ।
केराबारीको खदम क्याम्पसमा एमाले निकट अनेरास्ववियुले कुनै उमेद्धारी नदिएपछि अखिल क्रान्तिकारीको प्यानललै विजयी भएको छ । अखिल क्रान्तिकारीका सिमान्त लुइँटेलको प्यानल निर्विरोध निर्वाचित भएको हो । शनिबार भएको मनोनयनमा लुईटेल नेतृत्वको प्यानलले मात्रै उम्मेद्वारी दर्ता गरेपछि उनी निर्विरोध निर्वाचित भएको हो । क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारी र काँग्रेस निकट नेविसंघबीच गठबन्धन भएपछि अन्य संगठनले भने उम्मेद्वारी नै दर्ता गरेनन् ।
बेलबारी बहुमुखी क्याम्पसमा यसअघि नै संयुत्त बाम गठबन्धनका तर्फबाट सियोम सुवेदी सर्बसम्मत सभापतिमा चयन भईसकेका छन । सुकुना बहुमुखी क्याम्पसमा भने आज सोमबार निर्बाचनको मिति तोकिएको छ ।
प्रतिक्रिया