मतगणनाकै बिचमा विवाद उत्पन्न हुदा मतगणना रोकिन पुगेको थियो । मतगणनाका क्रममा आयोगले नै ६ सय ६ मत एमालेतर्फ जोडेको कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीले आरोप लगाएका थिए । विवाद उत्पन्न भएपछि पटक पटक सर्वदलीय बैठक बसेको थियो । अन्तत राजनीतिक दलबीच सहमति कायम हुन नसके पछि निर्वाचन आयोगले मतगणना सुचनरु गर्न निर्देशन दिएपछि मतगणना सुचारु गरिएको थियो ।
२०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट कार्की निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा ३२ हजार ३ सय ४७ मत सहित कार्की निर्वाचित हुदा नेकपा एमालेका उमेदवार रमेश श्रेष्ठले २५ हजार ७ सय ५० मत प्राप्त गरेका थिए ।
भोजपुरबाट पटक पटक हार बेहोरेका कार्की सुनसरी ३ बाट भने निर्वाचित भएका थिए । सोही क्षेत्रबाट कार्कीले दोस्रो पटक जित हासिल गरेका हुन् ।
प्रतिक्रिया