काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छानबिन गरिने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रक्रिया पूरा नगरी पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास गरेको भन्दै उनीमाथि छानबिन गरिने भएको हो ।
काठमाडौँ महानगरले आइतबार छानबिन समिति बनाएर उनीमाथि छानबिन गर्ने जनाएको हो । छानबिन गर्न मेयर बालेन शाहको नेतृत्वमा टोली बनाइने भएको छ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी पनि भएको मेयर शाहका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।
प्रतिक्रिया