काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
बुढाथोकीले सवारीसाधन आवतजावत गर्न सहजीकरण गरिदिएबापत घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सेवाग्राहीबाट २५ हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय माग दाबी लिई विशेष अदालत, काठमाडौँमा आरोप–पत्रदायर गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया