कोशी सरकारविरूद्ध राप्रपाले आज विरोध सभाको आयोजना गर्दै, लिङ्देनसहित केन्द्रीय नेताहरू इटहरी आउदै

शनिबार, १३ पुस २०८१
इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज कोशी प्रदेश सरकारले जनअपेक्षा अनुसारको काम नगरेको भन्दै इटहरीमा विरोध सभाको आयोजना गर्ने भएको छ । जसका लागि सम्पूर्ण तयारी पूरा भएको सो पार्टीले जनाएको छ । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा प्रवाहमा कोशी प्रदेश सरकार पूर्ण रूपमा असफल भएको भन्दै विरोध सभाको आयोजना गर्ने राप्रपा प्रदेशका प्रवक्ता विजय राउतले जानकारी दिए । विरोध सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित केन्द्रीय नेताहरू इटहरी आउनेछन् । लिङ्देनसहित प्रकाशचन्द्र लोहनी, पशुपति समशेर राणा, ज्ञानेन्द्र शाहीसहितका नेता इटहरी आउने राउतले बताए । उनका अनुसार प्रदेश सरकारको खारेजी, स्थानीय स्वायत्त शासन प्रणालीको अधिकार पुनःस्थापना, धार्मिक स्वतन्त्रता, र सनातन वैदिक हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउने बताउँदै, सहकारी पीडितहरूको विषयलाई पनि विरोध सभामा समेटिनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार