जेनजी आन्दोलनः प्रहरीद्वारा गोली प्रहार, संसद भवन अगाडि तनाव

सोमबार, २३ भदौ २०८२

काठमाडौं : नयाँ बानेश्वरमा जारी जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले नियन्त्रणका लागि रबरको गोली प्रहार गरेको छ । संसद् भवन अगाडि भएको प्रदर्शन झन् तीव्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी बाध्य भएको हो ।

प्रदर्शनकारीहरूले संसद् भवनभित्रै प्रवेश गरेपछि स्थानीय प्रशासनले नयाँ बानेश्वर क्षेत्रलाई संवेदनशील घोषित गर्दै कर्फ्यू आदेश जारी गरिसकेको छ । अपरान्हदेखि नै जारी भएको प्रदर्शन साँझसम्म आइपुग्दा हिंसात्मक रूप लिन थालेपछि प्रहरी र प्रदर्शनकारीबीच धक्का–मुक्की र झडप समेत भएको छ ।

घटनास्थल वरपर अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्पूर्ण क्षेत्र तनावग्रस्त बनेको छ । कर्फ्यू आदेश जारी भएपछि सर्वसाधारणलाई सडकमा ननिस्कन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार