कान्ति बाल अस्पतालमा अनियमित त्रुटि भएको मन्त्री पौडेलको दाबी

सोमबार, २२ पुस २०८१
काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा व्यवस्थापकीय पक्ष कमजोर रहेको बताएका छन् ।
सोमबार कान्ति बाल अस्पताल ६३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि रहेको बताएका हुन् ।
उनले भने, ‘कान्ति बाल अस्पतालमा राम्रो उपचार हुन्छ यो सत्य हो । यहाँ जति पनि टीकाटिप्पणी बाहिर भइरहेको हुन्छन् त्यो सबै सत्य होइन । यसमा व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि छ । र यसमा आवश्यक पर्ने जनशक्ति उपलब्ध छैन । उपकरण उपलब्ध छैन । भौतिक पूर्वाधार व्यवस्थित छैन । यहाँ काम गर्नेहरूले अन्तजती सेवा सुविधा प्राप्त गर्नु भएको छैन ।’
यसै गरी उनले भौतिक पूर्वाधार उपलब्ध गराउन मन्त्रालय तयार  भए पनि राज्यसँग क्षमता नभएको बताए । उनले उपलब्ध स्रोत साधनभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ त्यसमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार