पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आज पनि निषेधीत क्षेत्र तोड्दै पोखराको शहदि चोकस्थित शहिद पार्क भित्रबाट नाराबाजी गरेका छन् ।
पार्टी सभापती रवि लामछिानेलाई जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लैजाने क्रममा शहिद पार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरूले सरकारविरूद्ध नाराबाजी गरेका हुन्।
उनीहरूले लामिछानेलाई मंगलबार पनि अदालतबाट प्रहरी हिरासतमा फिर्ता लैजाने क्रममा निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरूद्ध चर्को नाराबाजी गरेका थिए ।
यसैबीच प्राप्त जानकारीअनुसार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जारी रहेको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ ।
अन्य प्रतिबादीहरूको थुनछेक बहस सकिएको र बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयकातर्फबाट प्रत्युत्तर आएपछि बिहीबार नै उक्त प्रकरणमा अदालतको तर्फबाट आदेश आउनसक्ने बताइन्छ ।
प्रतिक्रिया