उपत्यकामा भूकम्पको धक्का

सोमबार, २९ पुस २०८१
काठमाडौं : उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौं उपत्यकामा सोमबार साँझ ६ बजेर ४४ मिनेटमा केहीबेर भूकम्पको धक्का महसुस भएको हो । यसअघि गत पुस २२ गते चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको ६.८ म्याग्निच्युडको भूकम्पका कारण नेपालमा १३ जना घाइते भएका थिए । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बारामा ११ घाइते भएका थिए । प्रहरीले भूकम्पका कारण काठमाडौं र काभ्रेमा १–१ जना घाइते भएका जनाएको थियो । यसैगरी भूकम्पको पराकम्पन आज साँझ पनि गएको हो । कहाँ केन्द्रबिन्दु बनाएर भूकम्प गएको भन्नेबारे खुलिसकेको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार