हमास-इजरायलबीच युद्धविराममा सहमति, जनवरी १९ देखि लागू हुने

विहीबार, ०३ माघ २०८१
कतार : इजरायल र हमासले गाजामा १५ महिनादेखि जारी युद्ध रोक्न सहमति जनाएका छन्। युद्धविरामको अवधिमा हमासले गाजामा बन्धक बनाइएका इजरायली नागरिकहरूलाई रिहा गर्ने सहमति भएको छ। त्यसको बदलामा इजरायलले पनि हमासका मानिसहरूलाई रिहा गर्नेछ। युद्धविरामको बारेमा आधिकारिक घोषणा भने हुन बाँकी नै छ। इजरायली प्रधानमन्त्री नेतान्याहूको कार्यालयले हमाससँग युद्धविराम सम्झौता अझै नसकिएको बताएको छ। तर अमेरिकी राष्ट्रपति जो बाइडेन र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले भने युद्धविराम सम्झौताको पुष्टि गरेका छन्। थानीले युद्धविराम जनवरी १९ देखि लागू हुने बताए।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार