विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशनमा ‘विजनेश’ नहुने सत्तारुढ नेकपा (एमाले) ले जनाएको छ । प्रदेशसभाको हिउँदे तथा छैटौं अधिवेशन सोमबारबाट सुरु हुँदैछ ।
एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले प्रदेशसभाको हिउँदे अधिवेशनमा ‘विजनेश’को अभाव नहुने स्पष्ट पारेका हुन् । प्रदेशसभामा आइतबार पत्रकार सम्मेलन गर्दै उनले अधिवेशनका लागि पर्याप्त ‘विजनेश’ रहेको जानकारी दिए ।
लिङ्थेपका अनुसार अधिवेशनमा सरकारले १० वटा विधेयक पेस गर्ने छ । ६ वटा नयाँ विधेयक र ४ वटा संशोधनका लागि तयारी अवस्थामा रहेका विधेयक संसदमा प्रस्तुत हुने उनको भनाइ छ ।
‘संसदमा १० वटा विधेयक पेस हुँदैछन् । हिउँदे अधिवेशनका लागि ‘विजनेश’ अभाव हुँदैन,’ उनले भने । कानुन निर्माण गर्नुअघि तल्लो तहसम्म छलफल गरेर विधेयक ल्याउन सरकारलाई आग्रहसमेत गरिएको लिङ्थेपको भनाइ छ ।
प्रतिक्रिया