विराटनगर । कोशी प्रदेशको हिउँदे एवं छैटौं अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको अधिवेशन सुरु हुनेछ ।
पाँचौं अधिवेशन अन्त्य भएको चार महिनापछि छैटौं अधिवेशन हुन लागेको हो । गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो । सत्तारुढ दल नेकपा (एमाले) कोशी प्रदेशका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले संसदमा सरकारले पर्याप्त ‘विजनेश’ दिने बताए ।
प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकका लागि ५ वटा कार्यसूची छन् । सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र बाचन गर्नेछन् ।
त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ पेस हुनेछ । त्यसलगत्तै सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेस हुनेछ ।
मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको सर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेवल हुनेछ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले आआफ्नो मन्तव्य राख्ने छन् ।
प्रतिक्रिया