मन्त्रिपरिषद्को बैठक आह्वान, संसद अधिवेशन आह्वानबारे निर्णय हुने

सोमबार, ०७ माघ २०८१
काठमाडौं : मन्त्रिपरिषद्को बैठक आह्वान भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो। सरकारले संसद्‌को हिउँदे अधिवेश बोलाउने तयारी गरेको छ। यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ। आजको बैठमा सोबारेमा छलफल हुने र राष्ट्रपतिसमक्ष अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी छ । गत भदौं ३० गतेबाट अन्त्य भएको सदन ५ महिना हुँदापनि सुरु नभएको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार