११ जना फरार प्रतिवादी पक्राउ

सोमबार, ०७ माघ २०८१
रौतहट । रौतहट प्रहरीले ११ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरगत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा किर्ते , कुटपिट र बहुविवाहका रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले बताए । उनका अनुसार  कुटपिटमा महेन्द्र महरा चमार, पुनकलिया देबि , मनिता कुमारी , निलम देबि र उषा कुमारी राम पक्राउ परेको हो । प्रहरीले किर्तेमा जमिला शेखिन, जमिल अख्तर , शेख अजिज मिया दर्जी, ओली महम्मद र शेख हफिजलाइ पक्राउ गरेको छ । बहुबिवाहको आरोपमा शेख नेपालीलाई पक्राउ गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलिले खोजतलास गरी विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइदिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार