संसद्‍को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस

सोमबार, ०७ माघ २०८१
काठमाडौं : सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गते दिउँसो १ बजे बोलाउन सिफारिस गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । यसअघि संसद्को हिउँदे अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो । सोमबार दिउँसो १२ बजे सिंहदरबारमा भएको छलफलमा माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने गरी छलफल भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार