कांग्रेसद्धारा प्रदेश समन्वय विभागमा नौ सदस्य मनोनीत

बुधबार, ०९ माघ २०८१
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् । देउवाले केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभागमा नौ सदस्य मनोनीत गरेका हुन् । पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यी हुन् मनोनित भएका सदस्यहरू : सुमित्रा खनाल– नवलपुर विजय भुसाल– चितवन राधेश्याम पाठक– नवलपरासी ब्रह्मप्रकाश रौनियार– सुनसरी मेघनाथ यादव – धनुषा झनकराज तिमिल्सिना – कैलाली भीमबहादुर शाही – कालिकोट जीतबहादुर लामा – काभ्रेपलाञ्चोक सन्तोष कोइराला (परियार) – नवलपुर

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार