एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश जारी, बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश

बुधबार, ०९ माघ २०८१
काठमाडौँ : उच्च अदालत पाटनले एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश जारी गरेको छ । पक्राउ आदेश जारी गर्दै उनीमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश दिएको हो । न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले पीडितले दिएको जाहेरी तत्काल दर्ता गरी महरविरुद्ध अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिलका नाममा परमादेश जारी गरेको हो। महरविरुद्ध अनुसन्धानको माग गरी पीडित महिलाले काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । तर उक्त जाहेरीमा अनुसन्धान नै नगरी प्रहरीले तामेलीमा राखिदिएपछि पीडितले उच्च अदालतमा रिट दायर गरेकी थिइन्। पीडितको मागबमोजिम बुधबार उच्च अदालतले आदेश जारी गरिदिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार