काठमाडौं : मछिन्द्र क्लब नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्रले एपिएफलाई १–० गोलले पराजित गरेको हो । मछिन्द्रको जीतमा सनिष श्रेष्ठले थप गरिएको अन्तिम मिनेटमा गोल गरे ।
विमल घर्ती मगरले आज दोस्रो हाफमा मैदान प्रवेश गर्दै नेपाली फुटबलमा कमब्याक गरेका छन् । अन्तिमपटक एक वर्षअघि उनले नेपालमा फुटबल खेलेका थिए ।
यसअघि चर्च बोइजलाई हराउँदै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल प्रवेशका लागि मछिन्द्रले संकटासँग खेल्ने छ । उपाधि विजेताले २६ लाख र उपविजेताले नगद १३ लाख पाउने छ ।
प्रतिक्रिया