सुप्रिम सहकारी : रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन, आइतबार उपस्थित हुने

शुक्रबार, ११ माघ २०८१
रुपन्देही : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी अपचलन र सङ्गठित अपराध मुद्दाको थुनछेक बहस आज पनि सकिएन । बिहीबार बिहानदेखि सुरु भएको थुनछेक बहस आज (शुक्रबार) पनि नसकिएपछि आइतबार १०ः३० बजे उपस्थित हुनेगरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाइएको जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । बुधबार अदालतमा हाजिर भएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्मामा छाडिएको थियो । आज भएको बहसमा वादी नेपाल सरकारका तर्फबाट तीन र प्रतिवादी लामिछानेका तर्फबाट तीन कानुन व्यवसायीले बहस गरेको ज्ञवालीले बताए । आइतबार बहस सकिएमा थुनछेकको आदेश आउन सक्ने ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार