पाथिभरा क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच घम्साघम्सी, १२ राउण्ड अश्रु ग्याँस प्रहार

शनिबार, १२ माघ २०८१
ताप्लेजुङ : पाथिभरा क्षेत्रमा केबलकार निर्माणको वरोध गरिरहेको (नो केबलकार समूह) र सुरक्षाकर्मीबीच भएको घम्साघम्सीका क्रममा १२ राउण्ड अश्रु गाँस प्रहार भएको छ । केबलकार निर्माणको विरोध गरिरहेको समूहका एक सदस्य डम्बर लाबुङले सुरक्षाकर्मीले १२ राउण्ड अश्रु गाँस प्रहार गरेको दावी गरे । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सो क्रममा तीनजना सशस्त्र प्रहरी कर्मचारी सहित ४ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीप खड्काका अनुसार सशस्त्र प्रहरीका सहायक निरीक्षक सोमदेव यादव, सशस्त्र प्रहरी सहायक हवल्दार टीकाराम खवास र सशस्त्र प्रहरी जवान सञ्जिव बस्नेत तथा नेपाल प्रहरीका अनुज विक सामान्य घाइते भएका छन् । समूहका केन्द्रसिंह फुरुम्बो,जीतबहादुर केदेम, दीपेश मादेन, शसिहाङ पोमू, लकहादुर लिम्बू, राजन लिम्बूसहितका घाइते भएको पहिचानवादी नेता सरु सिघंकले जानकारी दिए । पाथिभरा क्षेत्रको बलुडाँडा आसपासमा घरेलु हतियारसहितको समूह बसेको सूचना पाएपछि गस्तीमा गएको सुरक्षाकर्मीको टोलीले घरेलु हतियार नियन्त्रणमा लिने प्रयास गर्दा सुरक्षाकर्मी र केबलकार निर्माणको विरोध गरिरहेको समूहबीच घम्साघम्सी भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार