सुनको मुल्य घट्यो, तोलको कति ?

मंगलबार, १५ माघ २०८१
काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार