काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले व्यक्तिगत राजनीतिक स्वार्थ परिपूर्तिको लागि हजारौँको सङ्ख्यामा माओवादीहरूले व्यक्ति हत्या गरेको आरोप लगाएका छन् ।
बुधवार ८५ औँ सहिद दिवसको अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले माओवादीहरूले गरेको व्यक्ति हत्यामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरू पनि धेरै ठुलो सङ्ख्यामा सहिद भएको बताए ।
उनले भने, ‘निज राजनीतिक स्वार्थ परिपूर्तिको लागि हजारौँको सङ्ख्यामा माओवादीहरूले व्यक्ति हत्या गरे । त्यो व्यक्ति हत्याको शृङ्खलामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरू पनि धेरै ठुलो सङ्ख्यामा शहीद भएका छन् । माओवादी आतङ्कको शिकार भएका छन् ।’
यसको साथै, उनले देश परिवर्तनको क्रममा ज्यान गुमाउने शहीदहरूलाई सधैँ सम्झिनु पर्ने पनि बताए ।
प्रतिक्रिया