‘एसियन हाइवे’का कामदारको करेन्ट लागेर मृत्यु

बुधबार, १६ माघ २०८१
विराटनगर : झापाको दमक नगरपालिका–४ ताराबारीमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग (एसियन हाईवे)का कामदार रौतहटको चन्द्रनिगाहापुर–१० घर भएका अन्दाजी २० वर्षीय सञ्जय महताको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । महतोलाई निर्माणाधीन ‘एसियन हाइवे’मा काम गर्ने क्रममा दिउँसो ३ः१० बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ । निर्माण कम्पनी जेबी टुण्डीको जेसीबीको बटेकमा चढेर केवलको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा उनी जेसीबीको बकेटबाट खसेर घाइते भएका थिए । गम्भीर घाइते भएका महतोलाई तत्काल उपचारका लागि मोरङको उर्लाबारीस्थित अरनिको अस्पताल लगिएपनि उपचारका क्रममा उनलाई करेन्ट लागेको खुलेको हो । थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो । नोबेलमा उपचारका क्रममा महतोलाई चिकित्सकले दिउँसो ४ः३६ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले जेसीबी चालक उर्लाबारी नगरपालिका–६ का ५६ वर्षीय शिवकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार