काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन भोलि माघ १८ गते शुक्रबारदेखि सुरू हुँदैछ। बैठक अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेछ ।
संघीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सचिवालयका अनुसार भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ
यस्तै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् ।
बैठकमा दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्नने कार्यसूचि रहेको छ । बैठकमा विभिन्न ६ वटा अध्यादेश पेश हुँदैछन्।
प्रतिक्रिया