ताप्लेजुङमा यातायात बन्दका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीको उद्धार

विहीबार, १७ माघ २०८१
ताप्लेजुङ : केबलकार खारेजीको मागसहित आह्वान गरिएको मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमसहितका नाकाबाट जिल्ला भित्रिने र बाहिरिने यातायात बन्दका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीको सशस्त्र प्रहरीले बिहीबार उद्धार गरेको छ । विभिन्न जिल्लाका ३९ जना तीर्थयात्रीहरू ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र परेका थिए । उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १ कञ्‍चनजंघा गुल्म ताप्लेजुङले इन्सेकसँगको समन्वयमा उद्धार गरी पाँचथरतर्फ पठाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार