माओवादी प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, कुन प्रदेशमा को ?

सोमबार, २१ माघ २०८१
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन तोकेको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरूको कार्य विभाजन तोकेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । मधेसमा उपमहासचिव मात्रिका यादवलाई जिम्मेवारी दिएको छ । त्यहाँ यसअघि सचिव लीलामणि पोखरेल इन्चार्ज थिए । उनले भने, ‘प्रदेश नं. १ मा उपमहासचिवमा हरिबोल गजुरेल इन्चार्ज तोकिनु भएको छ । मधेस प्रदेशमा उपमहासचिवमा मातृका यादव, बागमतीमा हितमान शाक्य, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेल तोकिनु भएको छ । विशेष प्रदेशमा जय पुरी घर्ती, प्रवास सार्क समितिमा लक्ष्मण पन्त इन्चार्ज तोकिनु भएको छ । युरोप–अमेरिका अन्त समितिमा राम कार्की तोकिनु भएको छ । यसैगरी प्रवास एसिया समितिमा ओम शर्मा तोकिनु भएको छ ।’ बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ । यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा यो प्रदेशको इन्चार्ज थिए ।      

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार