टिपरको ठक्करबाट एक युवकको मृत्यु

बुधबार, २३ माघ २०८१
काभ्रे : बनेपमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काभ्रेको बनेपा नगरपालिका १० पुलबजारस्थित अरनिको राजमार्गमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको थियो । साँगाबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख ३२४६ नम्बरको टिपरले बाटो काट्दै गरेका अन्दाजी २६ वर्षीय युवकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ती युवकको पहिचान खुलिसकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार