पाथिभरामा संस्कृति संरक्षण हुने गरी केबलकार बनाउनुपर्छ: डा. महत

शुक्रबार, २५ माघ २०८१
काठमाडौँ : नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले ताप्लेजुङको पाथिभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवाद शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले ताप्लेजुङबासीको परम्परा र संस्कृतिको संरक्षण हुने गरी केबलकार बनाउनुपर्ने बताए। उनले पाथीभरामा केबलकार निर्माण गर्न सके त्यहाँको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे। उनले केबलकार बनाउन सके पर्यटकको संख्यामा वृद्धि हुने भएको कारण त्यहाँको स्थानीय उत्पादनले स्थान पाउने र रोजगारीको अवसरसमेत सिर्जना हुने दाबी गरे। उनले केबलकार निर्माणको विषयमा भइरहेको विवाद मिलाउन सरकार लागिपरेको समेत बताए। ‘त्यहाँको सबै परम्परा र संस्कृतिको सम्मान र संरक्षण गरेर केबलकार बन्यो भने राम्रो हुन्छ।  त्यसको लागि सरकार लागि रहेको छ। सबै कुराहरु शान्तिपूर्ण संवादको माध्यमबाट टुंग्याउनुपर्छ। उहाँहरुका जायज गुनासाहरुलाई सरकारले पनि सम्बोधन गर्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार