बाजुरामा यतिबेला मतगणना जारी छ । जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम गरेका छन् । उनी ११ हजार ७३६ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत पाएका छन् ।
उनीहरुबीचको मत अन्तर २ हजार २२४ छ । बाजुरामा कूल खसेको ६० हजार १५२ मतमध्ये २० हजार ६३६ मत गणना भइसकेको छ । दोलखामा माओवादी केन्द्रका गंगा कार्कीको अग्रता कायम छ । उनले ७ हजार ९९५ मत पाएका छन् । नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ७ हजार २९५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७०० छ ।
प्रतिक्रिया