गाई चराएर फर्कदा मोटरसाइकलको ठक्करबाट घाइते भएका वृद्धको मृत्यु

आइतबार, २७ माघ २०८१
विराटनगर :  मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परेका बेलबारी नगरपालिका–५ माथिल्लो कसेनीका ६५ वर्षीय उखीला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीलाई गाई चराएर फर्कदै गर्दा मोटरसाइकलको ठक्कर दिएको थियो । गाई चराउन गएका उनलाई गाई लिएर घरतर्फ फर्कदै गर्दा बिहीबार साँझ ६ बजेतिर को १७ प ७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइयो । उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो । मोटरसाइकल चालक बेलबारी–५ का ५६ वर्षीय राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार