बालेन शाहबाट गरिब जनतालाई दुःख दिने काम भयो : सांसद सिंह

मंगलबार, २९ माघ २०८१
काठमाडौं : सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट कुनै विकल्प नदिइकन गरिब बसेको ठाँउ हटाउने गलत काम भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपश्चात् उनले राज्य गरिब र कमजोरलाई संरक्षण गर्नको लागि आवश्यक हुने भन्दै सरकारमा रहेकाबाट नै गरिब जनतालाई दुख दिने काम सही नभएको बताए । उनले भने, ‘राज्यको आवश्यकता कमजोरलाई संरक्षण गर्नको लागि पर्छ । बलियो मानिसको लागि राज्य आवश्यक हुँदैन । लड्नै मन छ भने मेरो भनाइ एकदमै प्रष्ट थियो महानगरभन्दा बलियो ठाँउ संसद भवन छ केही गर्न सकिन्छ भए भनेर भन्न खोज्या हो । उहाँलाई विकास गर्नु छ भए पार्क बनाए हुन्छ तर बेकारमा जो कमजोर छ, निर्दोष छ उनीहरूलाई कुटपिट गर्ने, उसको घरमा डोजर लगाउने, एउटा कुनै विकल्प नदिइकन त्यतीकै बसिरहेको ठाँउ हटाउने काम गर्नु भएन ।’ यस्तै, उनले शहर कुरूप बनाउने गरिब जनताले नभई यहाँको शासक, प्रधानमन्त्री र मन्त्री भएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार