काठमाडौँ । मधेश प्रदेश सरकारले प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकारले प्रजातन्त्र दिवसमा विभिन्न कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।
उनले फागुन ७ गते देश र संविधानको अवस्था, प्रजातन्त्र आए देखिको उपलब्धिको विषयमा सरोकारवलाहरुसंग अन्तरक्रिया कार्यक्रम गर्नुका साथै सप्तरीको ऐतिहासिक छिन्नमस्ता भगवती मन्दिरमा ११ हजार दीप प्रज्वलन गर्ने बताए ।
मन्त्री लेखीले प्रजातन्त्र सेनानीहरूको सम्मान प्रदेश सरकारले मात्रै नभएर सम्पूर्ण नेपालीले गर्नु पर्ने धारणा व्यक्त गरे । उनले प्रजातन्त्रको उपलब्धिले आज नेपाली जनताले खुलेर बाँच्न सक्ने अधिकार पाएको भन्दै प्रदेश सरकारले आगामी दिनमा प्रजातन्त्र दिवस अझ भव्य रूपमा मनाउने र प्रजातन्त्र सेनानी र उनका परिवारजनका लागि विशेष व्यवस्था गर्ने जानकारी दिए ।
मधेश प्रदेश सरकारले प्रत्येक वर्ष सहिद दिवस, बलिदानी दिवस, प्रजातन्त्र दिवस आदि धूमधामका साथ मनाउँदै आएको छ । सो क्रममा भोली फागुन ७ गत्ते प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले दीप प्रज्वलन तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।
प्रतिक्रिया