भविष श्रेष्ठलाई ‘कोशी एक्सिलेन्स अवार्ड’मा पर्यटन विधाको अवार्ड

बुधबार, ०७ फागुन २०८१
इटहरी । पर्यटन व्यावसायी भविष कुमार श्रेष्ठलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा पर्यटन विधाको अवार्ड प्रदान गरिएको छ । बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले श्रेष्ठलाई अवार्ड प्रदान गरेका हुन् । सङ्खुवासभाको चैनपुरमा जन्मिएका श्रेष्ठ विराटनगरमा रहेर पर्यटन क्षेत्रमा सक्रिय छन् । कोशी प्रदेश सरकारले महत्वाकाङ्क्षी योजनाका रूपमा अगाडि बढाएका उनी कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक समेत हुन् । पर्यटन प्रवद्र्धनका निम्ति भारत, चिन, बङ्गलादेश, दुबई, मलेसिया, सिंगापुर, बैँकक लगायतका देश भ्रमण बाट अनुभव सँगाल्दै नेपाललाई चिनाउँदै आएका छन् । पर्यटन तथा हवाई समितिका सभापतिसमेत रहेका उनी होटल संघ नेपाल कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष, झि.पुचका अध्यक्ष एवम् नेपाल क्षयरोग निवारण संस्था मोरङका सचिवसमेत भइसकेका छन् । यसैगरी विराट क्षेत्र पर्यटन विकास समिति, कोशी प्रदेशका पूर्व पर्यटन तथा अन्य विभिन्न सामाजिक र धार्मिक संघ संस्थाहरूको महत्वपूर्ण जिम्मेवारीमा रहेर कुशलता पूर्वक कार्य सम्पादन गरेको अनुभव उनीसँग छ । श्रेष्ठलाई पूर्वको पर्यटन विकासमा अतुलनीय योगदान दिएको भन्दै पर्यटन विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । उनका अनुसार निर्णायक समितिले अवार्ड प्राप्त गर्ने व्यक्तिको नाम छनोट गरेको थियो । सोही मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा कोशी एक्सिलेन्स अवार्डको आयोजना गरिएको हो । जहाँ १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार