इटहरी : मच्छिन्द्र फुटबल क्लब काठमाडौँ इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइलनलमा प्रवेश गरेको छ ।
बुधबार इटहरी रंगशालामा भएको पहिलो सेमिफाइलनल खेलमा पाहुना टोली युनाइटेड खर्साङ क्लबलाई ३–१ गोलको अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।
खेलको ६५ औं मिनटमा यूकेएफसीका हेमराज भूजेलले पहिलो गोल गरे । ६६ मिनेटमै मच्छिन्द्र फुटवल क्लबका ओमलोजाले गोल फर्काएका थिए । ७२ औं र ९२ औं मिनेटमा दुई गोल गरि मछिन्द्रले जीत निश्चत गरेको हो ।
विहीबार दोस्रो सेमिफाइनल खेल धरान फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङबीच हुनेछ ।
राष्ट्रिय जागृति क्लब (राजा)द्दारा आयोजित प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
प्रतिक्रिया