जन्ती बस र मिनी ट्रक ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ जना घाइते

शुक्रबार, ०९ फागुन २०८१
उदयपुर । जन्ती बोकेको बस र मिनी ट्रक एकआपसमा ठोक्किएर बिहीबार राति उदयपुरको उदयपुरगढीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । उदयपुरका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर चन्द्रबहादुर खड्काका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगी टोलमा प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक ठोक्किएर राति ८ः४० बजेतिर दुर्घटना भएको हो । ाराबाट जन्ती लिएर गाईघाटतर्फ आउँदै गरेको बस र गाईघाटबाट तेजपत्ता बोकेर जाँदै गरेको मिनी ट्रक एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर बसमा सवार बाराको बारागढी गाउँपालिका–४ का ७० वर्षीय सीताराम धामीको मृत्यु भएको छ । जन्ती आउँदा दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । उपचारका क्रममा राति ११ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । इन्स्पेक्टर खड्काका अनुसार दुर्घटनामा परेर बाराको बारागढी गाउँपालिका–४ का १५ वर्षीय दीपक चौधरी, ४२ वर्षीय श्रीकान्त बछार र ५५ वर्षीय बलिराम चौधरी गम्भीर घाइते भएका छन् । घाइतेमध्ये बछारको देब्रे खुट्टा चुँडिएको छ भने अरु २ जनाको शरीरका विभिन्न भागमा चोट छ । तीनै जनाको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनामा बसका चालक रौतहटको फतुवा विजयपुर नगरपालिका–११ का ४५ वर्षीय कपिलदेव थारु, ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–२४ का २५ वर्षीय सजाद आलम, सहचालक जितपुरसिमरा–२४ का अन्दाजी २४ वर्षीय सयमर देवानसमेत घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । जिल्ला अस्पताल उदयपुरमा उपचारपछि बस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा २ जना ९चालक र सहचालक० मात्रै सवार थिए । दुर्घटनामा परेर बसमा सवार बारागढी–४ का ५८ वर्षीय अनौठा चौधरी, ३३ वर्षीय हिरालाल राम, ५० वर्षीय रामबोध धामी, ५१ वर्षीय काशी चौधरी, ५५ वर्षीय कृष्ण चौधरी, ७० वर्षीय तुलसी साह, ३६ वर्षीय लालबहादुर चौधरी, ५० वर्षीय नन्दलाल साह र ३५ वर्षीय दिनेश चौधरी घाइते भएका छन् । त्यस्तै, अन्य घाइतेहरुमा १४ वर्षीय प्रमोद माझी, ५० वर्षीय जितेन्द्र चौधरी, ५२ वर्षीय वीरेन्द्र धामी, ६० वर्षीय राजदीर चौधरी, ४८ वर्षीय वीरेन्द्र चौधरी, ३६ वर्षीय दिनेश चौधरी, ५२ वर्षीय जयराम चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी, ६८ वर्षीय सुजन चौधरी, ५३ वर्षीय तोकन चौधरी र ६० वर्षीय गिरिश कानु रहेका छन् । प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेहरु सबै जन्ती आएका थिए । घाइतेमध्ये केहीको उपचार जारी छ भने केही डिस्चार्ज भएका छन् । प्रहरीका अनुसार यान्त्रिक गडबडीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । त्यस्तै, संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्थित भित्री सडक खण्डमा बालुवा लोड गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाह्रबिसेबाट आपुङ्गतर्फ जाँदै गरेको भे २ त १९२९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खोल्सीमा खसेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परेर ट्याक्टर चालक संखुवासभाको चैनपुर नगरपालिका–६ का अन्दाजी १९ वर्षीय रवि बराईलीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीबार राति ९ः४५ बजेतिर जिल्ला अस्पताल खाँदबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार