केपी ओली कप फुटबलमा आज दुई खेल हुँदै

सोमबार, १२ फागुन २०८१
काठमाडौँ । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा केपी ओली एफसी र न्यूरोड टिम (एनआरटी) बिच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा आर्मी र पुलिस भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । यस्तै, केपी ओली एफसी र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेल पनि एन्फा कम्प्लेक्समै हुनेछ । एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा हिजो एपीएफले उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ । यही फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार