ललितपुर : ललितपुरमा ट्रकको ठक्करबाट साइकलमा यात्रा गरिरहेका पुरुषको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–४ विष्णुदेवी मन्दिर नजिक सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले महर्जन सवार साइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२१ ठूलो खोकनाका ४९ वर्षीय भीमरत्न महर्जन छन् ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया