इटहरी आएर विश्वप्रकाश शर्माले भने – ‘८४ को चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ’

मंगलबार, १३ फागुन २०८१
इटहरी : राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटनका लागि मङ्गलवार यहाँ आएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनावअघि नै पार्टीको महाधिवेशन हुने आश्वस्त दिलाएका छन् । कांग्रेसमा ८४ को चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा महामन्त्री शर्माले ८४ को निर्वाचनमा वडादेखि केन्द्रसम्म नयाँ नेतृत्वका साथ पार्टी चुनावमा होमिने बताएका हुन् । ‘८४ को चुनावपछि मात्र महाधिवेशन हुनुपर्दछ भन्ने भन्ने साथीहरूको निर्दोष भावना हो । तर, संविधानले र नेपाली कांग्रेसको विधानले तोकेको भन्दा बाहिर रहेर पार्टीको महाधिवेशन जान सक्दैन,’ उनले भने, ‘महाधिवेशन चुनाव पछि हुने कुरालाई म रिजेक्ट गर्छु ।’ महामन्त्री शर्माले राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक संशोधन नगरी पास नहुने जिकिर गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार