धरानमा ग्रेस इन्टरनेशनलको १९ औं शाखा खुल्यो

शुक्रबार, १६ फागुन २०८१
धरान :  विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि परामर्श सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले आफ्नो १९औं शाखा धरानमा सञ्चालनमा ल्याएको छ। शुक्रबार धरान–३, सदन रोडमा रहेको ग्रेस इन्टरनेशनल धरान शाखाको उद्घाटन चर्चित क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीले गरे। ग्रेस इन्टरनेशनलका संस्थापक तथा निर्देशक एन्ड्री पौडेलका अनुसार कम्पनीले विगत २० वर्षदेखि विद्यार्थीहरूलाई भाषा कक्षा प्रदान गर्दै शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। विदेश अध्ययनका लागि इच्छुक विद्यार्थीहरूलाई धरानमै परामर्श सेवा दिन शाखा स्थापना गरिएको पौडेलले जानकारी दिए। ग्रेस इन्टरनेशनलको धरान शाखाका प्रमुख विशाल राईका अनुसार अस्ट्रेलिया, केन्या, पाकिस्तान, बङ्गलादेश, न्युजिल्यान्ड, दुबई, इन्डोनेशिया, भारत लगायत ४० भन्दा बढी देशहरूमा यस कम्पनीका शाखाहरू छन्। अस्ट्रेलिया, यूके, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, कोरिया, जापान र दुबई अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई भाषा कक्षा तथा परामर्श सेवा धरानमै उपलब्ध गराउने कम्पनीको योजना रहेको छ। नवस्थापित शाखाले स्थानीय ५ जना युवालाई रोजगारीको अवसर पनि प्रदान गरेको शाखा प्रमुख राईले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार