इलाममा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण

शनिबार, १७ फागुन २०८१
इलाम : इलाममा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण शनिवार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय इलाम र इलाम अस्पताल इलामको संयुक्त आयोजनामा प्रशिक्षण सम्पन्न भएको हो । सहभागी प्रहरीहरूलाई इलाम अस्पतालका डा. पवन मोक्तानले आत्महत्या रोकथाम र व्यवस्थापन सम्बन्धी प्रशिक्षण गरेका छन् । उनले आत्महत्या न्यूनीकरणमा प्रहरीले चाल्नुपर्ने कदम तथा समाजमा जनचेतना फैलाउन गर्नुपर्ने कामका विषयमा चर्चा गरे । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एकनाथ कोइरालाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रम तय गरेको बताए । उनले समाज शान्तिपूर्ण बनाउन प्रत्येक नागरिकको उत्तिकै दायित्व रहेको बताउँदै सबै संयम रहनु पर्ने बताए । उनले समाजमा बढ्दै गएको आत्महत्या रोक्न समेत नागरिक चाख बन्नु पर्नेमा जोड समेत दिएका छन् । अस्पतालका प्रमुख डा.प्रभु शाहले पछिल्लो समयमा सर्ने रोगहरूभन्दा पनि नसर्ने रोगका कारण धेरैको मृत्यु हुने गरेको बताउँदै यसमा सरोकारवालाले ध्यान दिनु पर्ने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार