काठमाडौं:नेपाल सरकारले नेपाल प्रहरीका ६ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)हरूको नयाँ पदस्थापन गरेको छ। प्रहरी प्रधान कार्यालयले सोमबार पदस्थापनको पत्र प्राप्त गरेको हो।
नयाँ पदस्थापनअनुसार एआईजी चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा खटाइएको छ भने लालमणि आचार्य कार्य विभागको जिम्मेवारीमा पुगेका छन्। त्यसैगरी, कृष्णहरि शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ।
यस्तै, एआईजी दान बहादुर कार्की मानव स्रोत विभाग, राजन अधिकारीलाई अपराध अनुसन्धान विभाग र मनोज केसीलाई प्रदेश समन्वय विभागमा जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया