प्याब्सनको राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते

सोमबार, १९ फागुन २०८१
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्यावसन०को १६ औँ राष्ट्रिय महाधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी प्यावसनका अध्यक्ष  डिके ढुङ्गानाले फागुन २६ र २७ गते कमलादीको प्रज्ञा भवनमा हुने महाधिवेशनमा करिब दुई हजार प्रतिनिधिको सहभागीमा नयाँ नेतृत्व पनि चयन गर्ने जानकारी दिए । उनले भने,‘प्याब्सनको महाधिवेशन फागुन २६ र २७ गते कमलादीको प्रज्ञा भवनमा हुँदैछ । यो अधिवेशनमा शुभेच्छुक संस्थाहरू आमन्त्रणा गरेका छौँ । सबै जना गरेर करिब दुई हजार प्रतिनिधि सहभागी हुने सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।’ साथै उनले २७ गते बेलुका पाँच बजेसम्म नयाँ नेतृत्व चयन गरिसक्ने पनि जानकारी दिए ।  कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ । प्याब्सनका अध्यक्ष ढुङ्गानाले अनलाइन माध्यमबाट रजिस्ट्रेसन हुने हुँदा समय सीमा नागेपछि सिस्टम आफै बन्द हुने र त्यसपछि कुनै रजिस्ट्रेसन गर्न पाइने उनले बताए ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार