इटहरी । इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विभिन्न आठ विद्यार्थी संगठन दर्ता भएका छन्।
निर्वाचन समितिका संयोजक सन्जिवकुमार यादवका अनुसार सोमबार तोकिएको समयसीमाभित्र क्याम्पसमा आठ संगठनले आफ्नो दर्ता गराएका हुन्।
स्ववियु निर्वाचनका लागि दर्ता भएका संगठनहरूमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), समाजवादी विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी) बहुमत, संघर्षशील स्वतन्त्र विद्यार्थी समूह, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) (मोहन वैद्य ‘किरण’ नेतृत्व) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन रहेका छन्।
प्रतिक्रिया