कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन धनगढीमा हुने

सोमबार, १९ फागुन २०८१
कैलाली : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन यही फागुन २६ गते धनगढीमा हुने भएको छ । कांग्रेस प्रदेश कार्यसमितिद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति वीरबहादुर बलायरले जनता केन्द्रित कार्यक्रम र सङ्गठन सुदृढीकरण योजना तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए । सम्मेलनमा प्रदेशभरका पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने उनको भनाई छ । सभापति बलायरले सम्मेलनले बदलिँदो राजनीतिक अवस्था, अर्थतन्त्रमा आएको शिथिलता र त्यसबाट भोग्नुपरेका समस्याबारे बृहत् छलफल गरी तीनै तहका सरकारलाई आवश्यक सुझावसमेत दिइने बताए । यस्तै फागुन २७ र २८ गते धनगढीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन हुने पनि त्यस अवसरमा जानकारी दिइयो । प्रशिक्षण कार्यक्रममा करिब एक सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहने सभापति बलायरले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार