त्रिवि स्ववियु सभापतिमा प्रविन दाहालको उम्मेदवारी, समर्थनको लहर

बुधबार, २१ फागुन २०८१
काठमाडौं। आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसको स्ववियु सभापतिमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)बाट प्रविन दाहाल उम्मेदवार हुने भएका छन्। अखिल (क्रान्तिकारी) जिल्ला समितिले उनलाई सभापतिको उम्मेदवारको रूपमा चयन गरेको हो। अर्थशास्त्रमा स्नातकोत्तर गर्दै आएका प्रविन दाहाल त्रिभुवन विश्वविद्यालयमा शैक्षिक सुधारका आन्दोलनमा सक्रिय भइ आएका छन्। डिजिटल युगमा नेपालकै सबैभन्दा ठूलो विश्वविद्यालयमा ट्रान्सक्रिप्ट लिनको लागि त्रिभुवन विश्वविद्यालयमा आउने बाध्यताको अन्त्य गर्न उनकाे महत्वपूर्ण योगदान रहेको छ। उनको नेतृत्वमा, परीक्षा नियन्त्रण कार्यालयले चैत्र महिनाको अन्त्यबाट अनलाइन प्रणालीमा जाने सम्झौता गरेको छ। यस अघि महिनौं लाग्ने ट्रान्सक्रिप्ट अब १० दिनभित्र उपलब्ध हुने व्यवस्था भएको छ। प्रविन दाहालको नेतृत्वमा भएको आन्दोलनको कारण अब इयर ग्याप र ओभरल्यापिङको कारण पास भइसकेका विद्यार्थीहरूले पनि ट्रान्सक्रिप्ट प्राप्त गर्न सक्नेछन्। साथै, फिजिक्सको पहिलो सेमेस्टरमा कुनै विषयमावि माइनस वा सो भन्दा कम आएमा थेसिस गर्न नपाउने प्रावधान हटाइएको छ। उक्त प्रावधान हटाएर सबै विद्यार्थीलाई थेसिस गर्ने अधिकार प्रदान गरिएको छ। दाहालले आफू पदमा नरँदा पनि शैक्षिक, विश्वविद्यालय र प्रशासनिक सुधारका लागि निरन्तर संघर्ष गर्दै आएका छन्। यसले संकेत गर्छ कि यदि उनले स्ववियु सभापति पद जिते भने त्रिभुवन विश्वविद्यालयमा थप सकारात्मक सुधार हुन सक्छ। स्ववियु सभापतिका रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्दै दाहालले भने, “मैले त्रिवि सुधारका लागि निरन्तर कदम चाल्दै आएको छु, अब सबैको साथ र सहयोग पाए त्रिविलाई सबैका लागि स्वीकार्य हुने गरी सुधारको बाटोमा लैजान्छु।” उम्मेदवारी घोषणा गरेको पछि त्रिवि केन्द्रिय क्याम्पसका विद्यार्थीहरूबाट उनलाई व्यापक समर्थन प्राप्त भइरहेको छ। यस पटकको स्ववियु चुनाव निकै रोचक हुने अपेक्षा गरिएको छ। स्ववियु चुनावमा नेकपा एमाले निकट अनेरास्ववियुबाट सिद्धान्त भट्ट सभापतिको उम्मेदवार रहेका छन् भने माओवादी निकट अखिल (क्रान्तिकारी)बाट प्रविन दाहाल सभापतिको दावेदार हुन्। त्यसैगरी, उज्वल खड्का स्वतन्त्र उम्मेदवारको रूपमा चुनावमा उत्रिने तयारीमा छन्। अन्य दलहरूले भने अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार