राइस मिलको जमिन बिक्री नगर्न माग गर्दै प्रदर्शन

बुधबार, २१ फागुन २०८१
रौतहत : रौतहटको गौर राइस मिलको जमिन बिक्री नगर्न माग गर्दै संघर्ष समितिले प्रदर्शन गरेको छ । गौर राइस मिलको जग्गा बचाउ समितिले चर्को नाराबाजी सहित निस्केको जुलुसले गौरको विपी हुदै अदालत, जिल्ला प्रशासन, खानेपानी हुँदै गौर नगरपालिकाको कार्यालय अगाडी आएर समापन भएको हो । सो समितिले गौर नगरपालिका नगर प्रमुख शम्भु साहलाई ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापन पत्र बुझाउदै युवा नेता बजरंगी गुप्ताले नगरवासीको हितका लागि उक्त निर्णयलाई सच्याउन आग्रह गरेका छन । यदी त्यसो नभएमा चरणबद्ध रुपमा संघर्ष जाने उनले चेतावनी दिए । जिल्ला प्रशासन कार्यालयमा गएर सहायक प्रमुख जिल्ला अधिकारी नविन यादव समक्ष पनि ज्ञापन पत्र बुझाएको उनले बताए । गौर नगरपालिकका नगर प्रमुख साहले २ विगहा १५ कट्ठा जग्गा निशुल्क पालिकालाई दिने सर्तमा यस्तो निर्णय गरेको बताए । गौर राइस मिलको जग्गा अधिग्रहण गर्न रकम अपुग हुने भएकाले सो निर्णय गरेको उनको भनाइ छ । गौर नगरपालिकाको नाममा पास गर्ने तथा मिलको जग्गामा रहेको सार्वजनिक सडक तथा धर्मशाला बाहेकको जग्गा फुकुवा गर्ने नगरपालिकाको बोर्डबाट निर्णय गरेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार