दार्चुला : दार्चुलामा जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका २ का २५ वर्षीय महेश भुल रहेका छन्।
बुधबार दिउँसो ४ बजे जिल्लाको महाकाली नगरपालिका २ मुल्लामा सुपप्र–००१ ज ०००५ नम्बरको जिप दुर्घटना भएको थियो।
भुलको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए ।
दुर्घटनामा महाकाली नगरपालिका २ घर भएका १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया